मेवा खेति प्रविधि
परिचय
पौष्टिक र औषधिय महत्त्व फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार ब्यवसायिक खेती हुन नसक्दा बढ्दो बजार मागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन ।उष्ण तथा उपोष्णमा छिटो नै बढ्न सक्ने भएकाले यसलाइ तराई देखि मध्य पहाड सम्म उत्पादन गर्न सकिन्छ।तैपनि किसानहरु यसको खेती तर्फ आकर्षण भएको पाइदैन । नेपालमा ब्यवसाहिक मेवा खेतिको प्रचुर सम्भावना भएता पनि लगानी निकै कम छ जस्ले गर्दा मेवा खेती फस्टाउन सकेको छैन। ब्यवसाहिक खेती तरिकाबाट किसानलाई आक िषत गर्न सके बाहिरी देशबाट हुने आयात कम गर्न सकिन्थ्यो र आत्मनिर्भर तर्फ अघि बढ्दै किसानको आर्थिक समस्यामा ठुलो टेवा पुग्ने छ।
हवापानि र माटो
मेवा उष्ण प्रदर्शीय गर्मी हावापानि रुचाउने बाली हो । मेवा उष्ण तथा उपोष्ण प्रदेशिय फल भयको हुदा तराइ तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छउपोष्ण प्रदेशका गर्मी स्थानमा पनि यसको खेती गर्न सकिन्छ । यदि लामो समयसम्म १५ डिग्री सेन्टिगेट भन्दा तलको तामक्रम रहेमा जरा। बोट र फलको बृद्धि राम्ररी हन सक्दैन। कम तामक्रम भएमा फलमा स्वाद रगनियोपनको विकास कम हन्छ । मेवाको बोटले पटक्कै तसारो सहन सक्दैन । मेवा खेतीको लागि २१ देखि ३२ड्ढअ सबैभन्दा उपयुक्त तापक्रम मानिन्छ जस्ले गर्दा यसलाइ १००० मिटरसम्म उचाइ भएका स्थानमा खेती गर्न सकिन्छ।
माटो
मेवा खेतिमा लागि पि.एच.६देखि ७ सम्म भएको,पनि नजम्ने,गहिरो र प्रशस्त प्राङ्गरिका पदार्थ भएको दोमट माटो सबैभन्दा राम्रो ह्न्छ ।
जातहरु
पुसा नन्हा,पुसा डेलिसियस,पुसा ड्वार्फ ,रेड लेडि आदि जातहरु नेपालको मौसमको लागि उपयुक्त छन ।
विरुवा प्रसारण
मेवाको प्रसारण बिउबाट गरिन्छ ब्यवसायिक रुपमा मेवाको खेती गर्न सिफारिस गरिएको मेवाका जातको बीउ भरपर्दो स्रोतबाट प्राप्त गर्नु पर्दछ। यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ जस्का लागी १ हेक्टरमा बिरुवा लगाउन करिब ४५०९५५० ग्राम बीउ चाहिन्छ। नर्सरीको लागि १ मि।चौडाइ, आवश्यकता अनुसारको लम्बाइ र १० सेमि उचाइको ब्याड बनाउनु पर्दछ।लाइन देखि लाइन र बीउ देखि बिउको दुरि १० सेमि हुने गरि १ सेमि गहिराइमा बीउ रोपेर परालले ब्याडलाई छोपी दिनु पर्दछ र बेला बेलामा आवश्यकता अनुसार सिचाइ पनि गर्नु पर्छ।
जग्गाको तयारी र विरुवा रोपाई
सबैभन्दा पहिला उपयुक्त जमिनको छ्नोट गर्नु पर्दछ।जमिनलाई एक पटक राम्रोसँग जोतेर झारपात हटाउनु पर्द्छ । पनिको निकासको व्यवस्था मिलाउने ।विरुवा रोप्र दरी जात अनसार फरक पर्दछ । अग्लो बोट हने जातलाई २ ८२ मिटरको दरीमा र होचो बोट १.५८१.५ मिटरको दरीमा लगाउन सकिन्छ ।
मल ब्यबस्थापन
मेवालाई रासायनिक र प्राङ्गारिक दुबै स्रोतबात मल दिनुपर्छ। २५०ग्राम नाइट्रोजन, २५० ग्राम फोस्फोरस र ४०० पोटास प्रति बोटलाई दिनु पर्छ। मल हाल्दा पहिलो पटक बिरुवा सारेको ४ महिनापछि र त्यसपछि हरेक ४९४ महिनामा रसायनिक मल दिनु पर्छ। राम्रोसङ कुहेको गोबर मल प्रति बोट १५ के।जि।का दरले दिनु पर्छ।
सिंचाइ र बगैंचाको हेरचाह
राम्रो उत्पादनको लागि मंसिर देखि जेठसम्मको सुक्खा मौसममा महिनाको एक पटक मेवाको बगैचामा सिंचाइ गर्नु पर्छ। सम्मन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्छन र ती फूलहरु झुन्डिएका तथा समुहमा आउने गर्दछ्न भने पोथी फूलहरु छुट्टाछुट्टै आउदछ्न। यसरी पहिचान गरि जब मेवा फुल्न थाल्छ उक्त समयमा भाले तथा पोथी मेवा पहिचान गरि १० बोट पोथी मेवामा १ बोट भाले मेवा राखी अरु भाले मेवा फालिदिनु पर्द्छ ।
रोग तथा किरा ब्यवस्थापन
कोत्रे रोग, बेर्ना कुहिने रोग, फेद कुहिने रोग, तथा अन्य विभिन्न भाइरल रोगहरु मेवामा लाग्ने मुख्य रोगहरु हुन। कोत्रे रोगको ब्यवस्थापन तातो पानी र ढुसिनासक बिसादीको प्रयोगबाट गर्न सकिन्छ। बेर्ना कुहिएमा नर्सरीको ब्याडलाई २५ फर्मालिनले उपचार गरि सिंचाइ कम गर्ने एस्तै फेद कुहिनेको लागि ढुसिनासक बिषादिको प्रयोग गर्न सकिन्छ। यदि लाही किरा को समस्या देखा परेमा प्राकृतिक शत्रुबाट नि यसको रोकथाम गर्न सकिन्छ। जराको जुका नि बेला बेला समस्या निम्त्याउन सक्ने हुदा यसको रोकथामको लागि निमको पिना ५०ग्राम प्रति बोटका दरले बोटको फेदको माटोमा प्रयोग गर्नु पर्दछ।
पmल टिपाई र भण्डारण ः
म्ोवा परिपक्व हरियो अवस्थामा टिपेपछि पनि पाक्ने फल भएको हँदा टाढाको बजारको लागि र धेरै दिन भण्डारण गरी राख्ने मेवालाई परिपक्व हरियो अवस्थामा टिप्न लायक हन्छन घरमा खानका लागि राम्ररी पाकेको पहैंलो रंगको मेवा टिप्न उपयक्त हन्छ ।प्mल टिपिसके पछि बजार वा भण्डारणमा पठाउन अगाडि प्याकिङ्ख गर्न पर्दछ । प्याकिङ्ख गर्दा हरेक फललाई परानो पत्रिका वा अन्य कागजले बरेर टोकरी वा डोकोमा साइज अनसार हार मिलाएर राख्नपर्छ । दवानी गर्दा फलहरु एक अर्कामा घसर चोट लाग्नबाट बचाउन टिमिक्क हने गरी प्याकिङ्ख गर्नपर्छ ।