मोक्ष कृषि कम्पनी नेपालमा कृषिजन्य वस्तु उत्पादन क्षेत्र देखी बजार क्षेत्र अथवा विउ देखी बजार सम्म कृषिको विभिन्न क्षेत्र र आयाम बाट हुने सम्पूर्ण कार्य गर्छ ।
राष्ट हरेक वस्तुमा परनिर्भर हुनु परेको अवस्था सचेत नेपालीलाई अवगत नै छ ।राजनैतीक,मानसिक,भौगोलीक जस्ता अनेक धेरै कारणले परनिर्भताको समस्या सिर्जित भएता पनि अनुशासीत,सजक,संयम जस्ता उपायाको साथ लिएर कृषिमा आवद्ध हरेक नेपाली ले चिन्तन मनन् गरी कृषि कर्म गरियो भने देश लाई अत्मनिर्भर बनाई समवृद्धि को मार्ग तर्फ पाइला अगाडि बडाउने यात्रा को परिद्धृश्य साथै खाका तयार गरी मोक्ष कृषि कम्पनी स्थापना भयो।
राष्ट कायपलट वा कुनै विशेष क्षेत्रमा सकारात्मक परिवर्तन ल्यउने हैसियत बोकेको गुरू योजना भलै एक व्यक्ती वा समुहले अध्यान,अनुसन्धान,अन्वेषण द्धरा तयार गरे पनि दिर्धकालीन विकास सँगसँगै समवृद्ध समाज निर्माणको परिकल्पित द्धृश्य लाई साकार पार्न प्रत्येक्ष वा अप्रत्येक्ष तवर बाट प्रत्येक नागरीकले महत्वपूर्ण भुमिका दर्शाएको हुन्छ भन्ने हाम्रो बुझाई हो।
कृषिको उत्पादन क्षेत्र,बजार क्षेत्र वा उपभोक्ता हरेक तह र वर्गको हित र उन्नतीमा समर्पित भइ जनमानसको बुझाई,भोगाई,सोचाई,ज्ञान,सिपको अब्बलता लाई बौद्धिक ढङ्गले कार्य सम्पादनमा उपयोग गरी उत्पादन र उपभोग दुवै पक्ष मा आर्थीक सन्तुलन ल्याइ चेतनशिल समाजको निमार्ण गर्दै राष्ट समवृद्ध बनाउनु हाम्रो निती हो।
कृषि क्षेत्रमा हेर्दा वा सुन्दा सामान्य लाग्ने तर गहन समस्याहरू धेरै देखिन थालेका छन,नयाँ रोग वा महामारी आउनु,उत्पादन मूल्य र बजार मूल्यमा असन्तुलन,अत्यधिक विषाधिको प्रयोग,लक्षित समूहको स्वर्थ पुरा गर्न जनमानसमा भ्रम फैलाउने जस्ता अनेक कुराहरू छन्। यस्तो कहाली लाग्दो अवस्था बाट बँच्न उत्पादन क्षेत्रमा आवश्यक विउ,मल,यन्त्र तथा उपकरण,परामर्श वा तालीम,प्राविधिक,क्षेत्र र व्यवसाय अनुसाको कृषि पात्रो,कृषि अनुदान प्रस्तावना पत्र,व्यवसाहिक योजना जस्ता सेवाहरू उपलब्ध गराई हरेक तह र तवर बाट कृषिमा आवद्ध जो कोहि सँग सहकार्य गर्दै स्वथ्य र पहिचान सहितको उत्पदन लाई पारदर्शि ढङ्घले प्रतिशपर्दि मूल्यमा बजारमा उपलब्ध गराई उपभोक्ता सामु पुयाउनु हाम्रो काम हो।
हाम्रो उदेश्यहरु:
1. आधुनिक प्रणाली अवलम्बन गरी नेपाली कृषि लाई डिजीटल बनाउने
2. कृषिमा आवश्यक सम्पूर्ण सेवा,सुविधा,सामाग्री र सहयोग उपलब्ध गराई उत्पादनको सुनिश्चता गर्ने ृबजार को ग्यारेण्टीे
3. प्राङ्गग्रारीक उत्पादन गरी आयतमा प्रतीस्थापन गर्ने
4. एक वाड एक नमुना कृषि फार्म स्थापना गरी कृष पर्यटन बढाउने
5. विदेशीयको श्रम फिर्ता गरी देश आत्मनिर्भर बनाई नेपाली उत्पादन विदेश पठाउने
6. पहिचानृकहाँ,कहिले,कसरीेसहितको उत्पादन १२ देखी १६ घण्टा भित्र उपभोक्ता समक्ष पुर्याउने
7. खोजेको वस्तु रोजेको ठाउँ बाट उपलब्ध गराउने
8. कृषि पर्यटन प्रोत्साहन तथा प्रवद्र्धन गर्ने