परिचय

अगरउडछिटो हुर्कने बहुगुणले भरिपूर्ण वनस्पति हो थेमेलिसिया परिवारमा पर्ने यो रूखको वैज्ञानिक नाम एक्युलारिया मालासेन्सिस हो यसको प्रकृति सदावहार किसिमको हुन्छ, जुन २० देखि ७० फिटसम्म अग्लो हुन्छ यसको प्राकृतिक भूमि दक्षिणपूर्वी एसियाका देश भारत, थाइल्यान्ड, मलेसिया, म्यानमार, जापान कम्बोडिया आदि हुन् अगरउड समुद्र सतहदेखि १५०० मिटरसम्मको उष्ण समशीतोष्ण क्षेत्रका मध्यपहाडी क्षेत्र, तराई, भित्री मधेस तथा भावर प्रदेशका जुनसुकै जमिनमा पनि खेती गर्न सकिन्छ

यो प्रशस्त पानी पर्ने क्षेत्र अथवा १८०० देखि ३५०० मिमि वर्षात् हुने स्थानमा उपयुक्त तवरले हुर्केको पाइएको नेपालको हावापानीमा पनि राम्रोसँग हुर्कन सक्छ अगरउडका करिब १५ वटा प्रजाति भए पनि हाल नेपालमा भारतको आसाम क्षेत्रमा पाइने मालाकान्सिस प्रजातिका बिरुवा केही जिल्लामा लगाउन सुरु गरिएको एक्युलारिया प्रजातिका रूखमा विशेष किसिमको ढुसीको सङ्क्रमण भएपछि मात्र एककिसिमको खोटो वा रेजिन उत्पन्न हुन सुरु गर्छ

यही रेजिन रूखभित्र विभिन्न आकारमा जमेर अगरउड बन्छ यही उड नै संसारभर सर्वाधिक माग भएको बहुमूल्य बास्नादार काठ हो यो काठ बास्नादार तेल, धुप, अत्तर औषधि बनाउने कच्चा पदार्थका रूपमा प्रयोग भएको पाइन्छ

महत्व

अगरउडबाट आउने बास्ना अति सुगन्धित र विशिष्ट किसिमको हुन्छ । जसबाट सौन्दर्य प्रशाधन, सौखिन र औषधिजन्य वस्तु उत्पादन गरिन्छ। यसमा ७० भन्दा धेरै किसिमका रसायन हुनेहुँदा यसको प्रयोग गरी बनाइएका औषधि कलेजो, मिर्गौला, कर्करोग ९क्यान्सर०, दम, क्षयरोग, मानसिक तनाव, बाथ, अपच, अरुचि, शरीर दुख्ने र रिङ्गटा लाग्नेजस्ता बिरामीको उपचारमा प्रयोग गरिन्छ।अति सुगन्धित र विशिष्ट किसिमको बास्नाका कारणले नैराश्य, हतोत्साह र कुण्ठाले ग्रस्त मानिस पनि चङ्गा, उत्साही, उमङ्गित र प्रफुल्लित हुन पुग्छन्। संसारका धनी मानिस घरमा विशिष्ट पाहुनाको स्वागत, चाडबाड र पूजाआजामा सुन वा चाँदीले बनेका र त्यसमा हीरा, मोती र मूल्यवान रत्नजडित धुपौरोमा अगरउडको धुप बाल्ने गर्छन्। यसका पारखीले यसबाट बनेको तेल, साबुन, मन्जन, डिटरजेन्ट पाउडर, क्रिम, चक्लेट, कन्फेक्सनरी, चिया, चुरोट र रक्सीमा समेत प्रयोग गर्छन्। यसको सेवनले शरीरमा शक्ति, स्फुर्ति बढ्ने, रक्तसञ्चार, श्वासप्रश्वास र पाचन प्रणाली पनि राम्रो राख्ने हुन्छ। अगर निकालेर बाँकी रहेको काठबाट अगरबत्ती तथा माला बनाएर लगाउने चलन पनि छ। यसको काठमा काष्ठशिल्प गरेर सजावट गर्ने पनि गरिन्छ

खेती प्रविधि

नर्सरीमा तयार गरिएका सात महिना पुगेका बिरुवालाई करिब १२ फिट दूरीमा वैशाख, जेठमा डेढ फिट गहिरो त्यति नै चौडा खाल्डो खनेर राम्ररी पाकेको कम्पोस्ट मल राखेर असारमा रोप्नुपर्छ आठदेखि १० वर्षको भएपछि रूखलाई विभिन्न तरिका जस्तै काण्डमा काँटी ठोक्ने, बन्चरोले हान्ने, बाँसका चिर्पट गाडिदिने, रूखको फेदमा आगो बालिदिने, यो पुरानो तरिका हो ।नयाँ वैज्ञानिक तरिकामा रूखलाईड्रिलविटबाट प्वाल पारेर त्यो प्वालमा पाइपद्वारा कृत्रिम ढुसी वा केमिकलकल्भिेटेड अगरउड कीटनामको विशेष प्रकारको औषधि रूखभित्र पठाइन्छ जब त्यसभित्र सङ्क्रमण सुरु हुन्छअगर बन्ने प्रक्रियाको थालनी हुन्छ।यसरी पठाइएको ढुसी काण्ड हाँगासम्म फैलिएर महिनादेखि दुई वर्षसम्ममा अगर बनाउने काम गर्छ यस प्रक्रियामा रूखहरू मर्ने मात्रा कम हुनका साथै प्राकृतिक रूपमा बन्ने समयभन्दा दस गुणा छिटो उच्च गुणस्तरको अगरउड बन्छ।आधुनिक प्रविधिको प्रयोग गर्दा बिरुवा रोपेको सात÷आठ वर्षसम्ममा एक रूखबाट दुईदेखि १० केजीसम्म अगरउड उत्पादन गर्न सकिन्छ बिरुवा रोपेपछि सामान्य गोडमेल गरेमात्र पुग्छ, धेरै लगानी गर्नुपर्दैन नेपालमा अगरउड खेती गर्न एकदम राम्रो वातावरण यस्तो बहुगुणी मूल्यवान वनस्पतिको खेती वा उत्पादन गरेर राम्रो आमदानी लिन सकिने यसको विरुवा विभिन्न नर्सरीमा पाइन्छ

बजार

अगरउडको मुख्य व्यापार सिङ्गापुर, जापान, ताइवान, कोरिया, अरब देशहरू, अमेरिका, चीन, फ्रान्स, थाइल्यान्ड मलेसियामा हुने गरेको

त्यसैगरी भारत चीनलगायतका दक्षिणपूर्वी एसियाका देशबाट यसको व्यापार हुने गरेको पाइन्छ अगरउडको रङ्ग, आकार, बाक्लो, पातलो, प्रकार यसमा हुने तेल बास्ना, सुगन्धको आधारमा यसको श्रेणी, गुणस्तर मूल्य निर्धारण गरिन्छ, जुन प्रतिकेजी लाखौँ रुपियाँसम्म पर्ने बताइन्छ